
काठमाडौं कार्तिक २६ गते । गएकाे २४ घण्टामा नेपालमा ३९७ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ३५५ जना र एन्टीजेन परिक्षण विधीबाट ४७ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ भने थप ३८९ जना डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । मृत्युु हुनेकाे कुल संख्या ११ हजार ४६९ जना पुगेको छ ।







