
काठमाडौं, सरकारसँग पेट्रोलियम पदार्थमा निरन्तर भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले शुक्रबार टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ ।
विद्यार्थी संगठनहरुले आज बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चुनौती दिएका हुन् ।
यसैगरी उक्त विरोधमा विद्यार्थी संगठनका नेताहरुले जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा मागसमेत गरेका छन् ।







