
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबार ८ वटा इजलास तोकेका छन् उनले आफूलाई भने इजलास तोकेका छैनन् ।
उनले हिजो बिहीबार सबै खलका मुद्दा हेर्नेगरी ९ वटा इजलास तोके पनि न्यायाधीशहरु इजलासमा फर्केनन् । बहस बहिष्कार गर्दै करिब दुई सातादेखि सर्वोच्च अदालतका न्यायाधीशहरु आन्दोलित छन् ।
उनीहरुले केही दिन बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दा हेरे पनि प्रधानन्यायाधीशले सबै प्रकृतिका मुद्दाको पेशी तोकिदिएपछि उनीहरु झनै रुष्ट बनेका छन् ।







