December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

नेकपा ‘एस’को स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटीको बस्दैछ । उपमहासचिव तथा प्रमुख प्रचार विभाग जगन्नाथ खतिवडाका अनुसार शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा स्थायी कमिटीको आठौं बैठक बस्ने भएको हो ।

बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने खतिवडाले बताए । 

उनले भने, ‘नेकपा (एमाले) सहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्नुभएका, प्रवेश गर्ने तयारीमा रहनुभएका कमरेडहरुका जिम्मेवारी र भूमिकाबारे उक्त बैठकले निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने छ ।’

शीर्ष समाचार

धेरै पढिएको