
काठमाडौं, सरकारले प्रशोधित पिउने पानीको बोतल तथा जारको मूल्य तोकेको छ । वाणिज्य, आपुर्ती तथाउपभोक्ता संरक्षण बिभागले आगामी भदै १० गतेदेखी लागू हुने गरि प्रतिजार ५० रुपैयाँ र प्रतिबोतल १६ रुपैयाँ मुल्य तोकेको छ । यसअघी प्रशोधित पानी प्रतिजार ६० रुपैयाँ र प्रतिबोतल २० रुपैयाँ तोकिए पनि जारको पानी अधिकत्तम खुद्रा मुल्य प्रतिजार ४०-४५ रुपैयाँमा उपभोक्ताले किनेर खान पाईरहेका थिए ।
बिभागका अनुसार काठमाडौं उपत्यका ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रे गरि चार जिल्लामा उत्पादन हुने बोतल र जारको पानीको समर्थन मुल्य तोकिएको हो । बिभागले तोकेको नयाँ मुल्य भदौ १० गतेबाट लागू र कार्यन्वयन नगरेको पाइएमा उपभोक्ता ऎन, २०७५ र नियमावली २०७६ अनुसार कारबाही गरिने कार्यदलका संयोजक सागर मिश्रले जानकारी दिएका छन ।
सरकारले प्रशोधित पानीको कुनै पनि गुणस्तर नहेरी मुल्य बढाएको अधिकारकर्मीहरु बताउछन् ।







