December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

सरकारविरुद्ध विप्लवको पार्टीले भोलिबाट देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने

????????????????????????????????????

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीले शुक्रबारबाट सरकारविरुद्ध आन्दोलन सुरु गर्ने भएको छ । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा निरन्तर मूल्यवृद्धि गरेको भन्दै भोलिबाट देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको हो ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज एक विज्ञप्ती निकाल्दै मुल्यवृद्धिलाई सरकारी दोहन भनेका छन् । बिहिवार जारी एक विज्ञप्तीमा भनिएको छ,‘यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामू छ ।’

यसैगरी महासचिव विप्लवले जनताको भावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग अपिल पनि गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको