December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

सरकाअति विपन्न वर्गलाई १० हजार नगद अनुदान दिने

काठमाडौं, विश्वव्यापी महामारी कोभिड-१९ को चपेटामा परेका नागरिकलाई पहिलोपल्ट सरकारले आर्थिक सहयोग गर्ने भएको छ । सरकारले अति विपन्न वर्गलाई रु १० हजारका दरले नगद अनुदान दिन लागिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार चालु आवमा राहतस्वरुप एकपटकका लागि प्रतिपरिवार रु १० हजारका दरले नगद अनुदान दिन लागिएको हो ।

पछिल्लोपटक वर्तमान सरकार गठन भएपछि ‘टोकन’ का रूपमा पाँच लाख परिवारलाई प्रतिपरिवार रु १० हजारका दरले अनुदान दिन लागिएको छ । यसका लागि आवेदन दिन अर्थमन्त्रालयले बिहिवार सार्वजनिकरूपमै आह्वान गरेको छ ।

कोरोनाले व्यवसाय बन्द भएका उद्योगी तथा व्यवसायीलाई सरकारले नेपाल राष्ट्र बैंकमार्फत विभिन्न सुविधा दिएको छ । अति विपन्न वर्ग तथा समुदायले भने राज्यका तर्फबाट कुनै पनि सहयोग नपाएको गुनासोपछि वर्तमान सरकारले पूरक बजेटमार्फत राहत दिने व्यवस्था गरेको हो ।

यसैगरी मन्त्रालयले आगामी १५ दिनभित्र स्थायी वा अस्थायीरूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा आवेदन दिन आग्रह गरेको छ । त्यसका लागि मन्त्रालयले ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८’ ले व्यवस्था गरेको अनुसूची २ बमोजिमको ढाँचामा आवेदन दिनुपर्नेछ ।

गरिब, कम आय भएका, अति विपन्न तथा दैनिक ज्यालादारी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायाताका मजदुर, पर्यटक भरियालगायतले त्यस्तो अनुदान पाउनेछन् ।

शीर्ष समाचार

धेरै पढिएको