December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

सर्वोच्च परिसरमा झडप हुँदा ६ जना घाइते, सशस्त्र प्रहरीको टोली खटाइयो

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आज जारी धर्नामा पुगेका कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा झडप भएको छ ।उक्त झडपमा परी ६ जना घाइते भएका छन् ।

नेपाल बार एशोसिएनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईका अनुसार प्रहरीको कुटाइबाट नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको हो ।

आन्दोलित बनेको कानून व्यवसायीको समूह भित्र जान खोज्दा प्रहरीले रोकेपछि विवाद उत्पन्न भएको थियो ।यसैगरी सर्वोच्च अदालत क्षेत्रमा कानुन व्यवसायीहरुको प्रदर्शन चर्किएपछि त्यसलाई रोक्ने उद्देश्यले सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

हाल सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ । अहिले सशस्त्रका इन्सपेक्टरसहितको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै तैनाथ छ ।

शीर्ष समाचार

धेरै पढिएको