
काठमाडौं, नेपाल बार एसोसियसनले प्रहरी हस्तक्षेपको विरोधमा शुक्रबार सर्वोच्च अदालतमा सबै इजलास बहिष्कार गर्ने भएका छन् । आज भएको प्रदर्शनमा बारका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना अधिवक्ता घाइते भएका छन् ।
बारका अनुसार प्रहरीले आफूहरूको प्रदर्शनमा एक्कासि हस्तक्षेप गर्दै माइक खोसेको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने महासचिव पौडेलले बताएका छन् । यसैगरी हाल सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध चर्को नाराबाजी गरेका छन् ।







