December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

थप ४४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, गत २४ घण्टामा नेपालमा ४४० जना नयाँ काेराेना संक्रमित थपिएका छन् । हाल देशभर ७ हजार ५१९ सक्रिय संक्रमीत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ३८७ जना र एन्टीजेन परिक्षण विधीबाट ५३ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ भने थप ४७४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । मृत्युु हुनेकाे कुल संख्या ११ हजार ४६० जना पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको