December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

राजनीतिक समन्वय समिति संविधानविपरीत छ: नेता सिंह

file photo

काठमाडौं, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सरकारलाई सघाउन सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको विपक्षमा उभिएका छन् ।

आज गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ ।’ सिंहले थपे, ‘ डेमोक्र्याट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनु भयो ? राज्य सरकारले सञ्चालन गर्ने हो । पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संवधानविपरीत हुन जान्छ ।’

शीर्ष समाचार

धेरै पढिएको