April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

थप ५३३ जनामा काेराेना पुष्टि, एककाे मृत्युु

काठमाडौं, गत २४ घण्टामा नेपालमा ५३३ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७३६ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ४४३ जना र एन्टीजेन परिक्षण विधीबाट ९० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ भने थप ४८४ जना डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । मृत्युु हुनेकाे कुल संख्या ११ हजार ४५४ जना पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको