December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

कर्णाली, सुदूरपश्चिम र १ नम्बर प्रदेशमा प्रदेश प्रमुख परिवर्तन

file photo

काठमाडौं, सरकारले तीन वटा प्रदेश प्रमुखहरु परिवर्तन गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो ।

आज मन्त्रिपरिषद्को बैठकबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै मन्त्री कार्कीले सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको