
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा यात्रु वाहक माइक्रोबस र्दुघटना भएको छ । मंगलबार जिल्ल्लाको सदरमुका चौताराबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख २६१२ नम्बरको माइक्रोबास चौतारा साँगचोकगढी नगरपालिका–११ स्थित पोखरेमा दुर्घटना भएको हो।
प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार उक्त दुर्घटनामा परी २० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने
माइक्रोबस सडकबाट करिब २० मिटर तल खसेको थियो ।
पाँचपोखरी यातयातको उक्त माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।







