April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेता कार्यकर्ताबाटै महाधिवेशन खर्च जुटाउँदै एमाले

file photo

काठमाडौं, नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाउने भएको छ । यहीँ मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पार्टी सदस्यबाट लेभि उठाउने निर्णय गरेको हो ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेका अनुसार एक जना सदस्यबाट रु एक सय उठाउने निर्णय भएको छ ।

नेकपा (एमाले)को सदस्य सङ्ख्या सात लाख छ भने यसबाट रु सात करोड उठ्ने अनुमान गरिएको छ । महाधिवेशन प्रतिनिधिबाट रु दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट रु तीन हजार उठाइने पाण्डेले जानकारी दिए ।

यसैगरी लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ । पाण्डेका अनुसार उनीहरुबाट के कति उठाउने भन्ने बारेमा टुङ्गो लागिसकेको छैन । अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको