December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न आह्वान

काठमाडौं, कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । परिषदले विज्ञप्तिमार्फत पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न आह्वान गरेको हो ।

नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन सभ्यताको सुरुआत् यसै धराधामबाट भएकाले यसको प्राचीन चिनारीमा फर्कन परिषद्को अपिल छ ।

पुर्खाले संसारलाई ज्ञानको चेतनासँगै संस्कृत भाषाको प्रकाशले आलोकित गराएकाले गौरव गान भाषा र धर्मबाट नै स्थापित गर्न सकिने परिषद्का अध्यक्ष स्वामी केशवानन्द गिरि र महासचिव डा श्रीराम अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको