
काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्ने भनिएको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको दाबी गरेका छन् । आजको उक्त बैठक १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन विपरीत रहेकोसमेत रावलको आरोप छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?”
आजको बैठक गुटबन्दीको नमुना भएको भन्दै यसका निर्णय अमान्य हुने रावलको जिकिर छ ।







