December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा आज भारत जाँदै

काठमाडौं, प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन् । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न उनी भारत जान लागेका हुन् ।

प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली जान लागेका छन् । प्रधानसेनापति शर्मा सेनाको कासा जहाजबाट भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन् । 

यसैगरी, भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा कार्तिक २४ गते हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन् । 

यस्तै, नयाँदिल्ली पुगे लगत्तै भारतीय सैनिकको एक टुकडीले प्रधानसेनापति शर्माको सम्मानमा ‘सम्मान गारत’दिनेछ। प्रधानसेनापति शर्माले मंगलबारै भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेसँग द्वीपक्षिय भेटवार्ता हुनेछ।

नेपाल र भारतका सेना प्रमुखहरुलाई सम्मानस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ ।

शीर्ष समाचार

धेरै पढिएको