
काठमाडौं कार्तिक २२ गते । गएकाे २४ घण्टामा नेपालमा ३९० जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ३७१ जना र एन्टीजेन परिक्षण विधीबाट १९ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ भने थप ४२५ जना डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । मृत्युु हुनेकाे कुल संख्या ११ हजार ४५३ जना पुगेको छ ।







