December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

एमाले महाधिवेशन प्रतिनिधि छनौट मापदण्ड परिवर्तन (अपानि निर्देशन–१४ सहित)

काठमाडौं, २२ कात्तिक । नेकपा एमालेले १० औं महाधिवेशन केन्द्रित अन्तरपार्टी निर्देशन (अपानि–१४) जारी गरेको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तरपार्टी निर्देशन–१४ जारी गरेका हुन् ।

अपानि–१४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने उल्लेख गरिएको छ । एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्रमा १५ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट गर्ने जनाएको थियो । तर अपानि १४ मा भने त्यो संख्या घटाएर १२ सय बराबर एक महिलासहित तीन जना छानिने उल्लेख छ ।
अपानि–१४ को पूर्णपाठ

शीर्ष समाचार

धेरै पढिएको