December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

देशभर १ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर १ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९८० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ४१ जना र ३ सय ५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा गरि जम्मा १४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०९ हजार ३७५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ सय ६३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९५ हजार ३९७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको