December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

इराकको प्रधानमन्त्री निवासमा ड्रोन हमला

एजेन्सी। इराकका प्रधानमन्त्री मुस्तफा अल-कदीमीको निवासमा ड्रोन हमला भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवासमा विस्फोटक ड्रोन हमला भएको रोयटर्सले जनाएको छ। इराकी प्रधानमन्त्रीको हत्या योजनाका साथ ड्रोन हमला भएको इराकी सेनाले बताएको छ। प्रधानमन्त्री मुस्तफा भने सुरक्षित रहेको बताइएको छ।

इराकको राधानी बगदादको ग्रीन जोन क्षेत्रमा यो हमला भएको थियो। हमलापछि प्रधानमन्त्री मस्तफा अल-कदीमीले ट्वीट गर्दै स्थितिलाई नियन्त्रण गर्दै शान्ति कायम गर्न अपिल गरेका छन्। अहिलेसम्म हमलाको जिम्मेवारी कसैले लिएको छैन। पछिल्ला केही दिनदेखि ग्रीन जोनमा सरकारको विरोधमा प्रदर्शन भइरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको