December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

पार्टीको १४ औँ महाधिवेशन तोकिएको समयमै हुन्छ : देउवा

काठमाडौँ, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् । पटक-पटक मिति सर्दै आएको कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने गरी मिति तय गरिएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आयोजित आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन् ।

उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए । प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रूपमा हुनुपर्ने भन्दै जित र हारले पार्टीभित्र दुश्मनी बढाउन नहुने बताए।

‘अहिले पार्टी महाधिवेशन आउँदै छ । यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस् । हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस् । त्यसमा जित हार हुन्छ । हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग दिनुपर्ने हुन्छ ।’प्रधानमन्त्री देउवाले भने, ‘जित–हारमा दुस्मनी नबढोस्, पार्टीभित्रको मामिला हुनाले जितहारमा दुश्मनी नबढोस् । त्यस्तो अधिवेशन हुनुपर्छ ।

जसले जे भनेपनि कुरा नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ- हुन्छ,’ उनले भने, ‘अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन । मैले भनेर पनि हुँदैन । अधिवेशनको तयारीमा लाग्नुहोला ।’प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरे।

शीर्ष समाचार

धेरै पढिएको