December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

देशभर थप ४ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर थप ४ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५७७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९५ जना र ३ हजार ३३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५२ जनामा गरी जम्मा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०८ हजार ५५४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ सय ३९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको