December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

चीनले नेपाललाई दियो १६ लाख डोज भेरोसेल खोप

काठमाडौं, कात्तिक १७। नेपाललाई चीनले १६ लाख डोज भेरोसेल खोप दिएकाे छ । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले नेपाल–चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताएका छन् मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले गोरखापत्र अनलाइलाई जानकारी दिए । खतिवडाले चीन सरकार र राजदूत होउ यान्छीलाई धन्यवाद दिएका छन् ।

चीनबाट हालसम्म पटक पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । त्यसैगरी बाकी आउने प्रक्रियामा छ ।

शीर्ष समाचार

धेरै पढिएको