April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै चौथौ दिन पनि बारको धर्ना जारी

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनको आन्दोलन चौथो दिन पनि जारी छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार अन्तिम दिन बुधबार पनि बारले धर्ना दिएको हो।

अहिले नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन्।

बारले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटमसहित आइतबारबाट धर्नाको कार्यक्रम घोषणा गरेको थियो। नेपाल बारले राजीनामा नआएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएको छ। आजबाट पहिलो चरणको आन्दोलनको कार्यक्रम पुरा हुनेछ। आजसम्म पनि राजीनामा नआएमा बारले तिहारपछि थप सशक्त आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउने बताएको छ।

शीर्ष समाचार

धेरै पढिएको