December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

थप ११ संक्रमितको मृत्यु,३७२ जनामा काेराेना पुष्टि

काठमाडौं कार्तिक १७ गते । गएकाे २४ घण्टामा नेपालमा ४६९ जना काेराेना संक्रमित थपिएका छन् भने ११ जनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २७८ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ४२२ जना र एन्टीजेन परिक्षण विधीबाट ४७ जना संक्रमित थपिएका हुन् । त्यस्तै गत २४ घण्टामा ५५५ जना डिस्चार्ज भएका छन् ।

आज थप ११ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे कुलसंख्या ११ हजार ४२७ जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १४७ जना रहेका छन्। हालसम्म नेपालकाे कुल संक्रमित मध्य निकाे हुनेकाे दर ९७ दशमलव ५ प्रतिशत रहेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको