December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

सिता एअरको जहाजमा तीन वटा बदेल ठोक्किए : दुर्घटना हुनबाट जहाज जोगियाे,बदेल टुक्रा टुक्रा

नेपालगञ्ज, कात्तिक १६ गते। नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको सिता एअरको जहाजसँग तीन वटा बदेल ठोक्किएका छन् ।
बँदेल ठोक्किदा ठूलो दुर्घटना हुनबाट जहाज जोगिएको छ भने ठोक्किएका बदेल टुक्रा टुक्रा भएका छन् ।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो ।

धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभुती भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको प्रमुख झाले बताउनुभयो। बदेलको शरीरका भाग धावन मार्गभरी छरिएका कारण केहीबेर नेपालगन्ज बिमानस्थलको उडान बन्द गरिएको थियो ।

अहिले विमानस्थलको धावन मार्गमा रहेको रगत पखाल्ने काम भइरहेको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए । उक्त जहाजलाई अहिले पार्किङ गरेर राखिएको छ, भने यात्रु आफ्नो घरतिर लागेको झाले बताउनुभयो। विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेला बेलामा बदेल जहाजसँग ठोक्किने घटना हुँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको