December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

थप ५ सय ३३ जनामा कोरोना संक्रमण

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर ७ हजार ४६८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९२ जनामा गरि जम्मा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०७ हजार ६३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ सय ९० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९२ हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८९९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५० लाख ९३ हजार ५५८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४०१६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको