
नयाँदिल्ली, भारतको पुर्व राष्ट्रपति प्रवण मुखर्जीलाई कोरोना संक्रमण भएको छ । मुखर्जी आफैले ट्विटमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन । अन्य समस्याले अस्पताल गएका बेला परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मुखर्जिले ट्विटमा लेखेका छन ।
पुर्व रार्ष्ट्रपति मुखर्जिले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोरोना परिक्षण गर्न आग्रह गरेका छन । योसँगै बिश्वका अति संक्रमीत देशमधे भारत, अमेरिका र ब्राजिलपछी तेस्रो स्थानमा रहेको छ ।





