
कैलाली, दुई दिनदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुवानमा परेका छन् । धनगढीको बजार क्षेत्र क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, बिशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहडी, चटकपुर लगायतका अधिकांश भूभाग डुवानमा परेका छन् । बिशालनगरमा झण्डै आधा दर्जन परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताउनुभयो । उहाँले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नुपरेको बताउनुभयो । सबैभन्दा बढि धनगढीको बजार क्षेत्र र वरपर रहेका वडामा डुवान भएको छ ।
धनगढी उपमहानगरपालिक वडा नम्बर–३ का अध्यक्षले पानी निकास नहुँदा समस्या भएको बताएका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को बिशालनगर, चटकपुर, बोराडाँडी लगायतका क्षेत्रमा डुबान भएको जानकारी दिंदै क्षतीको लागत लिइरहेको पनि बताएका छन ।





