December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

थप ४०८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ। देशभर थप ४०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ७३१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ७६ जना र २ हजार १६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा गरी जम्मा ४०८ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०७ हजार १०५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ सय १८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९१ हजार ७८७ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको