December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

मुस्ताङ भ्रमणमा राष्ट्रपति भण्डारी

 हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्ताङको सदरमुकाम जोमसोम पुग्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत राष्ट्रपति भण्डारी जोमसोम पुग्नुभएको हो । बिहान ८ बजेर ५५ मिनेटमा नेपाली सेनाको ब्यारेकमा राष्ट्रति सवार हेलिकोप्टर ल्याण्ड भएको जोमसोम विमानस्थलका प्रमुख पुस्कल राज शर्माले जानकरी दिनुभयो ।

हिन्दु तथा बौद्धमार्गीहरुको पबित्र तीर्थको रुपमा लिइने मुक्तिनाथ मन्दीरमा पूजा गर्नु भएकाे मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । 

शीर्ष समाचार

धेरै पढिएको