December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

माधव नेपाल एमाले बिगार्न हातमा टोपी लिएर देश दौडाहामा छ : ओली

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल एमाले बिगार्न देश दौडाहामा रहेको टिप्पणी गरेका छन् ।

एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले चाडपर्वको अवसर पारेर आज चावहिलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले बिगार्न माधव नेपाल देश दौडाहामा रहेको बताए ।

माधव नेपाल हातमा टोपी लिएर एमाले बिगार्न देशभर कुदिरहेका छन् । कहिले पोखरी, कहिले धनकुटा, कहिले धनगढी पुगेका छन् । त्यो किन थाहा छ ? समाजवाद ल्याउन होइन, नेकपा एमालेलाई बिगार्नका लागि दौडिइरहेका छन्,’ ओलीले भने ।

अरू पार्टीका नेताहरू देश बनाउन भन्दा पनि आफू बन्नका लागि राजनीति गरिरहेको आरोप ओलीले लगाएका छन् ।

अरू दलका नेताहरूलाई आफूलाई अवरोधको रुपमा देखेर धारे हात लगाएर सराप्ने गरेको पनि ओलीले बताए ।

उनले भने, ‘म अस्पताल गएँ भनेपछि यिनिहरुको चेहेरा उज्यालो हुन्छ । सय वाटको बत्ती बालेजस्तो हुन्छ । अस्पतालबाट डिस्चार्ज भयो भनेपछि उनीहरूको मुहार झ्याप्प बत्ती निभेकोजस्तो हुन्छ ।’

‘१० बुँदे माधव नेपालका लागि बनाइएको महल, अब काम छैन’एमालेको १० बुँदे सहमति माधव नेपाललाई एमालेमै राख्नको लागि गरिएको भए पनि अहिले त्यसको औचित्य नरहेको ओलीले दोहोर्‍याए ।

शीर्ष समाचार

धेरै पढिएको