राजनीतिलाई स्थिरता दिन ओली प्रवृत्ति बाधक: प्रचण्ड
चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली प्रवृत्तिलाई निरंकुश प्रवृत्तिको संज्ञा दिएका छन् ।

आज चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले अध्यक्ष प्रचण्डले राजनीतिलाई स्थिरता दिन ओली प्रवृत्ति बाधक भएको बताएका हुन् ।
ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि उनी बालुवाटारबाट बालकोट जानुपरेको उनको भनाइ छ । अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु उनको ठूलो पराजय भएको पनि बताए ।
उनले भने, ‘ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो, नेपाल राष्ट्र र नेपाली जनताको निम्ति घातक प्रवृत्ति हो भन्ने कुरा स्थापित भयो ।’
प्रतिकृया दिनुहोस्