May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

बारमा वकिलहरुबीच नै कुटाकुट: इजलास सञ्चालन हुनुपर्छ भन्दा कुटिए अधिवक्ता चुडाल

काठमाडौं, कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनकाे परिसरमा शुक्रबार कानुन व्यवसायीहरु हातपात भएको छन् ।

आज नेपाल बार एसोसिएसनमा बैठक भैरहँदा परिसरमा कानुन व्यवसायी भूमिनन्द चुडालने कुटिएका हुन् । सर्वोच्चमा अधिवक्ता भूमिनन्द चुडालले इजलास सञ्चालन हुनुपर्ने भन्दै सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन् ।

कुटिएका अधिवक्ता चुँडाल भने आफू कानूनी उपचारमा जाने जानकारी दिएका छन् । उनले भने, ‘मिडियामा न्यायालय विरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले । मेरो कोट पनि च्यात्तिएको छ। बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु।’

यसैगरी इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भनेर अन्तर्वार्ता दिइरहेको बेलामा आफूमाथि न्यौपानेले कुटपिट गरेको उनको आरोप छ ।

शीर्ष समाचार

धेरै पढिएको