December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

देशलाई प्रधानन्यायाधीशकाे राजिनामाकाे खाँचो छ : इजलास बस्न सकेन,सेवाग्राही मर्कामा छन् – उमेश जंङ कार्की

लाग्छ देशमा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अत्यन्तै खाँचो छ। यतिबेला देशभर प्रधानन्यायाधीशकाे बारेमा विभिन्न खाले टीका टिप्पणीहरु भइरहेकाे छ । अदालतकाे इजलास बन्द छ । सेवाग्राही मर्कामा छन् तर प्रधानन्यायाधीश स्वयम् चरम विवादकाे संघारमा छन् । अहिलेकाे समयमा प्रधानन्यायाधीश निकै संकटमा परेका छन् । जसकाे कारण प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरा स्वयं हाे । पछिल्लो समय जबरा आफै राजनीतिक भागबन्डामा सहभागी भएको भनेर आराेप लाग्याे।आराेपकै बिचमा उनी निकटका व्यक्ति मन्त्री पनि नियुक्ति भए विवाद चुलिदै जान थालेपछि प्रधानन्यायाधीश बचाउ सैलिमा उक्त मन्त्रीले ३ दिन भित्र राजिनामा दिए तर विवाद भने साम्य हुन सकेन ।

झन धेरै विभिन्न खाले नैतिकताका प्रश्नहरु प्रधानन्यायाधीशमाथि उठ्न थाले प्रश्न उठिसकेकाेले पनि देशव्यापी रुपमा राजिनामा माग भइरहेको छ ।प्रधानन्यायाधीश आफैमा एक व्यक्तिमात्रै नभएर सिंगो न्यायपालिकाको मियाे हो । नेतृत्वमा बसेको व्यक्तिले आफू जुन संस्थाको नेतृत्व गरिरहेको छ, त्यहाँका सबै सहकर्मीहरूको कुरा सुन्न र विश्लेषण गर्नुपर्नेछ । अहिले न्यायालयको नेतृत्वलाई उनका सहकर्मीहरूले नै प्रधानन्यायाधीशले राजिनामा दिनुपर्छ भनिरहेका छन्।

प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व जसरी लिनुपर्ने थियाे त्यसमा उनी पूर्णरुपमा असफल भएकाे स्पष्ट भएको सम्बन्धित पक्षको भनाइ छ । सर्वोच्च अदालतमा अधिकांश न्यायाधीशहरूले उनलाई असफल भनिरहेका छन् ।

न्यायाधीशहरूपछि न्यायालयको अर्को पक्ष भनेको बार हो । बार अदालतमा वकालत गर्ने वकिलहरूको संस्था हो । बार र बेञ्च भनेको ‘एक रथका दुई पांग्रा भनिन्छ तर बारले पनि संस्थागत नै निर्णय गरेर प्रधानन्यायाधीशको राजीनामा मागिसकेको छ । त्यसो नगरेमा देशव्यापी आन्दोलन गर्छौं समेत भनिसकेको छ ।

अहिले न्यायालयमा जे विषय उठेको छ,त्याे प्रधानन्यायाधीशको व्यक्तिगत कुरा नभएर सरोकारवालाहरू हुन् न्यायाधीशहरू, प्रबुद्ध वकिलहरू, नागरिक समाज र सञ्चारमाध्यमहरू । यसरी जतिपनि नेपाली जनताको प्रतिनिधिको रुपमा रहेका संस्थाहरू छन्, ती सबैले प्रधानन्यायाधीशको कामकारवाही ठीक भएन भनिरहेकाे अबस्था छ । अर्कोतर्फ न्यायालय जस्ताे संवेदनशील निकाय यसरी विवादमा मुछिनुले राम्रो सन्देश प्रवाह गर्न सक्दैन र गत ४ दिनदेखि सेवाग्राहीलाई समेत समस्या परिरहेकाे छ ।

गत चार दिनदेखि सर्वोच्च अदालतको सुनुवाइ ठप्प हुँदा न्यायका लागि अदालत धाउने सेवाग्राही मर्कामा परेका छन् ।देशभरिका सेवाग्राहीहरू मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालत आउने गर्छन् । तर सोमवारदेखि सर्वोच्च अदालतमा इजलाससमेत बस्न सकेको छैन । जसकारण सेवाग्राहीहरू मारमा छन् सर्वोच्चमा पुगे पनि विना सुनुवाइ फर्कनु परेकाे गुनासो आइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरू इजलास बहिस्कार गर्दै आएका छन् ।

हरेक दिन मुद्दाको पेशी तोकिए पनि इजलास नबस्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन याे अवस्थामा प्रधान प्रधानन्यायाधीशले आफै बुझेर देश र जनताका लागि सहज गरिदिन जरुरी देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको