थप २ संक्रमितको मृत्यु,५९१ जनामा काेराेना पुष्टि
काठमाडौं कार्तिक ११ गते । गएकाे २४ घण्टामा नेपालमा ५९१ जना काेराेना संक्रमित थपिएका छन् ।

११ हजार ३५५ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ५२७ जना र एन्टीजेन परिक्षण विधीबाट ६४ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६६४ जना डिस्चार्ज भएका हुन् ।

त्यस्तै थप २ जनाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे कुलसंख्या ११ हजार ३८२ जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन्। हालसम्म नेपालकाे कुल संक्रमित मध्य निकाे हुनेकाे दर ९७ दशमलव ३ प्रतिशत रहेकाे छ ।
प्रतिकृया दिनुहोस्