खोप नलागाएका व्यक्तिमा दोहो-याएर संक्रमण हुने जोखिम
खोप लगाएको तुलनामा खोप नलगाएका व्यक्तिमा दोहोर्याएर कोरोना संक्रमण हुने खतरा बढी हुने स्वास्थ्य विज्ञले बताउनुभएको छ । कोरोना भाइरविरुद्धको खोप लगाएकाको तुलनामा खोप नलगाएकामा हुने संक्रमण गम्भीर प्रकृतिको पनि हुने उहाँहरुको भनाइ छ ।टेकु अस्पतालका सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना विरुद्धको खोप लगाउनेको तुलनामा नलगाउनेमा दोहोर्याएर संक्रमण हुने खतरा रहेको बताउनुभयो ।

मृत्यु हुनेहरुमा पनि कोभिड विरुद्धको खोप नलगाएका बढी देखिएकाले उपलब्ध भएका खोपहरु लगाउन उहाँको आग्रह छ । खोप लगाउँदा हुने संक्रमण र नलगाउँदा हुने संक्रमणले शरीरमा पार्ने प्रभावमा पनि फरक पर्ने उहाँले बताउनुभयो ।यस्तै जनस्वास्थ्यविद् डा.सुजनबाबु मरहठ्ठाले पनि खोप नलगाएका व्यक्तिमा दोहोर्याएर कोरोना संक्रमण हुने खतरा बढी हुने भएकाले खोप लगाउन व्यवास्ता गर्न नहुने बताउनुभयो ।
खोप लगाएकामा कोरोना संक्रमण भए छिटो निको हुने तर खोप नलगाएकाहरुमा संक्रमण हुँदा निको हुन समय लाग्ने र गम्भीर खालका लक्षणहरु पनि देखिन सक्ने उहाँको भनाइ छ ।
स्वास्थ्यविद् डा.प्रभात अधिकारीले पनि खोप नलगाएकामा भाइरसको संक्रमण दोहोरिदा झन घातक हुने बताउनुभएको छ । खोप नलगाएका व्यक्तिमा भाइरस प्रवेश गर्दा प्रतिरोध क्षमता कमजोर हुने भएका कारण पनि जोखिम धेरै हुने गरेको उहाँ बताउनुहुन्छ । तर, खोप लगाएकाहरुमा नयाँ भेरियन्ट प्रवेश गरेमा खोपले भाईसविरुद्ध पूर्ण रुपमा काम गर्न नसक्ने उहाँको दावी छ ।
यसकारण, खोप लगाए भन्दैमा स्वास्थ्य मापदण्डको पालनामा हेलचक्राँई गर्न नहुनेमा जोड छ । खोप लगाएको छ महिनापछि एन्टिबडी विस्तारै खस्कदै गएको देखिएकाले खोप लगाएकाहरु पनि सचेत रहनुपर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस्