May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रदेशसभा र प्रतिनिधिसभाको अवधि भने १४ महिना बाँकी छ । आयोगका पदाधिकारीहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि देशभर एकै पटक गर्न सकिने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको