November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

पहिराेका कारण बाह्रबिसे नगरपालिका-२ कर्थली बस्ती जोखिममा

सिन्धुपाल्चोक बाह्रबिसे कर्थली । अविरल वर्षापछि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ कर्थलीस्थित चौतारीम पहिरो गएको छ । पहिराेका कारण उक्त क्षेत्र वरिपरि सबै धुजाधुजा फाटेको छ भने नजिकको बस्तीसमेत जोखिममा रहेको छ । पहिराले बस्ती जाेखिम भएपछि स्थानीयहरु उक्त पहिरो क्षेत्रमा अवलोकन गर्न आज बिहान पुगेका हुन् पहिरो गएर पटक पटक अबरुद्ध बनेकाे चाेतारी डाडामा याे पटक पनि बाह्रबिसे पुग्ने बस जान सकेन ।

सवारीसाधन आवतजावत पुर्ण रुपमा बन्द भैसकेको हुनाले स्थानीयले चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे साधन सञ्चालनमा रोक लगाएको छ । हाल नगरलाई खबर गरिसकेकाले सिडियोलागायतका टोली प्रभावित क्षेत्रको अवलोकन गरिने स्थानीयको भनाई छ । यसैगरी यात्रुवाहक बस बिचैमा रोकेकाले यात्रुहरु अलपत्र बनेका छन् भने पैदल यात्रासमेत बन्द भएको छ ।

पहिराे अवलोकन गर्न पुगेका स्थानीय
पहिराेका कारण चाैतारी डाडामा राेकिएकाे बस

शीर्ष समाचार

धेरै पढिएको