
काठमाडौं कार्तिक ५ गएकाे २४ घण्टामा नेपालमा ७०८ जना काेराेना संक्रमित थपिएका छन् ।
९ हजार ३७६ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ५७४ जना र एन्टीजेन परिक्षण विधीबाट १३४ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९३२ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै थप ११ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे कुलसंख्या ११ हजार ३३७ जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् ।हालसम्मको कुल संक्रमित मध्य नेपालमा ९७ दशमलव २ प्रतिशत डिस्चार्ज भैसकेका छन् ।







