
काठमाडौं कात्तिक ५ । सिके राउत विरुद्ध काठमाडौंमा आन्दोलन सुरु भएको छ । जनमत पार्टीका अध्यक्ष रहेका राउतविरुद्ध काठमाडौँमा आज प्रदर्शन भएको छ । नेपाल ईन्जिनियर एशोसिएशन बागमती प्रदेश, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन लगायतले प्रदर्शन गरेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कालोमोसो दली अर्धनग्न अवस्थामा शहर परिक्रमा गराए पछि जिल्ला प्रहरी कार्यालय धनुषाले हिजो पक्राउ गरेकामाथि मुद्दा चलाएको छ ।







