November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

काेराेना संक्रमित दाेब्बर बढ्याे,एकैचोटि १०९६ थपिए

काठमाडौँ , काेराेना संक्रमितको संख्या दाेब्बर बढेको छ । साेमबार ५९१ संक्रमित थपिएका थिए भने पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

देशभर ८ हजार १४० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार ७ सय ७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३९ जनामा गरी जम्मा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ८६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर एक हजार ४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८३ हजार ३ सय ९७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २९७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको