
काठमाडौं कार्तिक १ गएकाे २४ घण्टामा नेपालमा ५९१ जना काेराेना संक्रमित थपिएका छन् ।
९ हजार ६९७ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ५२३ जना र एन्टीजेन परिक्षण विधीबाट ६८ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९३७ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै थप ९ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे संख्या ११ हजार २९३ जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् ।







