November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

नुवाकोटको किस्पाङमा बस दुर्घटना : ३० जना घाइते

काठमाडौँ। नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भाल्चेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५७६२ नं को बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाउने क्रम जारी छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको