
काठमाडौं असाेज ३१ । गएकाे २४ घण्टामा नेपालमा ३९१ जना काेराेना संक्रमित थपिएका छन् ।
८ हजार ७७ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ३८५ जना र एन्टीजेन परिक्षण विधीबाट ६ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६८० जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै थप ६ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे संख्या ११ हजार २८४ जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ जना रहेका छन् ।







