
काठमाडौं असाेज ३० गएकाे २४ घण्टामा नेपालमा १४७ जना काेराेना संक्रमित थपिएका छन् ।
१ हजार ७७३ जनामा परिक्षण गर्दा पीसीआर विधिबाट १३६ जना र एन्टीजेन परिक्षण विधीबाट ११ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८४५ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै थप १ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे संख्या ११ हजार २७८ जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ वना रहेका छन् ।







