December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

आज टिकाको दोश्रो दिन : मान्यजनबाट आशिर्वाद लिने क्रम जारी

आश्विन शुक्लपक्ष टिकाको आज दोश्रो दिन । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ ।

सामान्यत टिकाको दिन शुरु भएको टिका लगाउने क्रम कोजाग्रत पूर्णीमाको दिनसम्म चल्ने हुदाँ टिका लगाउन आवतजावत गर्नेहरुको चहलपहल बढ्ने गर्दछ ।टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।कोरोनाको संक्रमण कायमै रहेपनि अघिल्लो बर्षको तुलनामा यस बर्ष दशैंको चहलपहल बढी देखिएको छ ।

तर कतिपयले भने कोरोना महामारीको कारण घरमै सिमित भएर दशैं मनाएका छन् । महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको