November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

तस्वीरमा २०७८ सालकाे रमाइलो दशैं : आफन्तसँग भेटघाट र टीका ग्रहण

काठमाडौं असाेज २९ । नेपालीहरुकाे महान पर्व बढा दशैकाे बिजय दशमिकाे दिन आज २०७८ साल असाेज २९ गते शुक्रबार आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, हजुरबुबा हजुरआमा बुबा र आमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका ग्रहण गर्ने गरिन्छ ।

त्यस्तै जमरा तथा प्रसाद थापी मान्यजनबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ । नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ ।

पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ । आज देशैभर दसैँ रमाइलो माहाेल बनेकाे छ।

शीर्ष समाचार

धेरै पढिएको